काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषाका एक जना कुवेतबाट पक्राउ परेका छन्।
फरार भएर कुवेतमा बस्दै आएका धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत पक्राउ परेका हुन्। एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न इन्टरपोल शाखाको अनुरोधमा गत असोज १८ गते रेड नोटिस जारी भएको थियो।
उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जनाएको छ।
प्रकाशित: २० कार्तिक २०८१ २१:१४
प्रतिक्रिया