काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन-२०८१ केन्द्रीय संयोजन समिति गठन गरेका हुन्।
समितिमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार सदस्य छन्। यसैगरी समितिका अन्य सदस्हरूमा प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य छन्। समितिको सदस्यसचिव प्रकाश शर्मा तोकिएको कांग्रेसले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८१ १७:०५
प्रतिक्रिया