बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच छलफल

हिमाल प्रेस ४ कार्तिक २०८१ २०:३८
70
SHARES
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच छलफल फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। उनीहरूबीच समसामयिक राजनीतिक विषय र सरकारको नियमित कामकारबाहीका विषयमा छलफल भइरहेको एक नेताले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ता र समर्थकहरूले सरकारको विरोध गरेका छन्। साथै सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस-एमालेका नेतामाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्।

ओली र देउवाबीच लामिछाने पक्राउ र रास्वपाको विरोधका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =