गौशाला धर्मशालामा काठमाडौँ महानगरको हस्तक्षेप रोक्न मारवाडी सेवा समिति जनकपुरको माग

हिमाल प्रेस ३० असोज २०८१ २०:१०
16
SHARES
गौशाला धर्मशालामा काठमाडौँ महानगरको हस्तक्षेप रोक्न मारवाडी सेवा समिति जनकपुरको माग

काठमाडौँ- मारवाडी सेवा समिति जनकपुरधामले काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशालामा गरिरहेको हस्तक्षेप रोक्न माग गरेको छ।

पशुपति धर्मशालामा काठमाडौँ महानगरपालिकाले गैरकानुनी हस्क्षेप गरको भन्दै मारवाडी सेवा समिति जनकपुरधामले जिल्ला प्रशासन कार्यालय धनुषालाई ज्ञापनपत्र बुझाउँदै हस्तक्षेप रोक्न माग गरेको हो।

मारवाडी सेवा समितिले अघि सारेको मागप्रति जनकपुरधामका २९ वटा जातीय तथा धार्मिक संघसंस्थाहरूले समेत समर्थन जनाएका छन्।

मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष निर्मल चौधरीले गौशाला धर्मशाला सञ्चालनप्रति काठमाडौँ महानगरले गरिरहेको हस्तक्षेप रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको बताए।

उनले मारवाडी सेवा समितिले सञ्चालन गर्दै आइरहेको गौशाला धर्मशाला आफ्नो मातहत लिने उद्देश्यले काठमाडौँ महानगरपालिकाले गरेको हस्तक्षेपप्रति आफूहरूको आपत्ति रहेको उल्लेख गरे।

काठमाडौँ महानगरको यो हस्तक्षेपको विरोधमा जनकपुरधामका नागरिक समाजका साथै यहाँका जातीय तथा धार्मिक संघसंस्थासँग मिलेर जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको चौधरीले बताए।

मुद्दाको विषय मुद्दाबाटै किनारा लगाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ३० असोज २०८१ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =