स्याङ्जाबाट पोखरा आउँदै गरेको जिप दुर्घटना

हिमाल प्रेस १८ असोज २०८१ १२:४६
14
SHARES
स्याङ्जाबाट पोखरा आउँदै गरेको जिप दुर्घटना

काठमाडौँ- स्याङ्जाको आँधीखोलामा जिप दुर्घटना भएको छ। दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।

आँधीखोला गाउँपालिका-२, बेझाङ, भालेखर्कस्थित सडकमा सिरुबारीबाट पोखरातर्फ आउँदै गरेको ग१ज ५७५६ नम्बरको बोलेरो जिप दुर्घना भएको हो।

जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा घाइते हुनेहरूमा आँधीखोला गाउँपालिका ५ का ५० वर्षीय आत्माराम सिग्देल, ४ वर्षकी कलावती घिमिरे, ३२ वर्षकी सिर्जना चापागाईं, कास्कीको छोरेपाटन पोखराकी १६ वर्षकी अमना नेपाली, स्याङ्जा अर्जुन चौपारी ५ आरुचौरकी ५ वर्षीय शान्ति कुमारी सापकोटा, ६१ वर्षका शिव सिग्देल र कास्कीको पोखरा महानगरपालिका ११ की मनिषा नेपालीकी ३ वर्षीय छोरी सोफिया नेपाली रहेका छन्। मनिषालाई भने कुनै चोट नलागेको बताइएको छ।

घाइते सबैलाई उपचारका लागि सेतीदोभान स्वास्थ्य चौकी पठाइएको पौडेलको भनाइ छ।

प्रकाशित: १८ असोज २०८१ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =