जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

हिमाल प्रेस १५ असोज २०८१ १८:४९
8
SHARES
जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : प्रधानमन्त्री कार्यालय

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई आह्वान गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्या मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गरे।

‘यो पीडा सरकारको मात्रै होइन, सिंगो समाजको दुःखको विषय हो। हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,’ प्रधानमन्त्री ओलीले भने,  ‘कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरू भएका छन्। आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरूपमा सबल संरचना बनाइनेछ।’

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारीभन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुन सक्ने तर आगामी दिनमा त्यस्ता कुरालाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे। उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १५ असोज २०८१ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =