रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित

हिमाल प्रेस १४ असोज २०८१ १५:२३
12
SHARES
रौतहटमा बाढीले दुईको मृत्यु,  पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज– अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन्।

प्रहरीका अनुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो। दुर्गाभवानी गाउँपालिका– ४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो।

यस्तै, परोह नगरपालिका–७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको पनि डुबेर मृत्यु भएको छ। बाढीमा परेर छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार महतोले अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएको जानकारी दिए।

‘बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको छ। एक हजार दुई सय ४५ घर डुबानमा परेका जानकारी छ’, उनले भने, ‘ जिल्लाका सात ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म तीन ठाउँमा सडक सञ्चालनमा आएको छ। यहाँका आठ वटा प्रहरी चौकी विस्थापित भएका छन्।’

विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन्।

प्रकाशित: १४ असोज २०८१ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast