‘एक्टर’ को तीन पोस्टर सार्वजनिक

हिमाल प्रेस ७ असोज २०८१ १०:५८
8
SHARES
‘एक्टर’ को तीन पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक गरिएको छ।पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, दिव्या रायमाझी र आना शर्माको रोमान्टिक माेडमा ‍देख्न सकिन्छ। यसअनुसार फिल्म त्रिकोणात्मक प्रेमकथाको रहेको अनुमान गर्न सकिन्छ।

पोस्टर रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्। राजन भुसालले निर्देशन गरेको फिल्ममा अन्य कलाकार राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको अभिनय छ। आगामी कार्तिक १५ मा लक्ष्मी पूजाको दिन प्रदर्शन हुनेछ। फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त लेखन छ।

नरेन्द्र मैनालीको छायांकन र निमेश श्रेष्ठको सम्पादनमा बनेको फिल्ममा राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट(प्रोडक्सन सुपरभाइजर साहिल खान, हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको संगीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व निर्देशन, अष्ट कृष्णमान तामाङको कला निर्देशन छ।

अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता थमन कुमार भण्डारी हुन्। फिल्ममा अनिश भुसाल सह–निर्माता र क्रियटिभ प्रोड्युसरमा मोती कार्की छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =