कस्तो छ आजको मौसम?

हिमाल प्रेस २९ भदौ २०८१ ६:३७
6
SHARES
कस्तो छ आजको मौसम? फाइल तस्बिर।

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ। देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीको उत्तरपूर्व तर्फ रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव देखिएको छ।

यतिबेला (शनिबार बिहान) कोशी र मधे प्रदेशको मौसम साधारणतया बदली छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम साधारणतया बदलीको अवस्थामा छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: २९ भदौ २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =