चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस

हिमाल प्रेस २४ भदौ २०८१ २१:३७
46
SHARES
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस चित्रलेखा यादव।

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस भएकी छन्।

आज (सोमबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वउपसभामुखसमेत रहेकी यादवलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि अस्ट्रेलियाका लागि कान्ता रिजाल राजदूतमा सिफारिस भएकी थिइन्। उनी इजरायलको राजदूत हुँदा एक जना सहयोगी उतै छाडेको आरोप लागेपछि उनको नाम काटिएको थियो।

प्रकाशित: २४ भदौ २०८१ २१:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =