रहेनन् सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष राजमान

हिमाल प्रेस २२ भदौ २०८१ २०:५८
24
SHARES
रहेनन् सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष राजमान

पोखरा– सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीको शनिबार निधन भएको छ। लामो समयदेखि उनी फोक्सोको रोगबाट पीडित भए। नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे अस्ट्रेलियामा उनको निधन भएको सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले बताए।

५० वर्षीय राजमानका श्रीमती र दुई छोरा छन्। उनको नेपालमा पोखरा ८, नागढुंगामा घर छ। पोखराको सभागृहचोकस्थित मुग्लान रेस्टुरेन्ट तथा पोखरामै सञ्चालित मिमाअस कन्सल्टेन्सीका सञ्चालक राजमान लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्दै आएका थिए।

फुटबल खेलमा अभिरुचि राख्ने उनी सहाराले अस्ट्रेलियामा विस्तार गरेको शाखाका संस्थापक अध्यक्ष थिए। उनको मूल घर मुस्ताङ हो।

प्रकाशित: २२ भदौ २०८१ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =