 
                             
                                            पोखरा- पोखरा-११ मा बुधबार राति पार्किङ गर्ने क्रममा खोल्सामा खस्दा दुई जना घाइते भएका छन्।
राति पौने ८ बजेको समयमा पोखरा-११, मेडिपल्स हस्पिटल पछाडि पार्किङमा ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा पोखरा-८ सिमलचौरका ४० वर्षीय लोकेन्द्र आचार्य र उनकी ४ वर्षीया छोरी शीतल खोल्सामा खसेका हुन्।
करिब २० मिटर तल खोल्सामा एक्कासि खसेपछि वडा प्रहरी कार्यालय रामबजार र स्थानीयको सहयोगमा उनीहरुको सकुशल उद्धार गरिएको छ।
कार भने निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
                            प्रकाशित: १९ भदौ  २०८१ २१:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 