शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई पुरस्कृत गर्ने

हिमाल प्रेस १ असोज २०८१ १२:१६ | Tuesday, September 17, 2024
शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई पुरस्कृत गर्ने फाइल तस्बिर

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई सम्मान गर्ने भएको छ। राष्ट्रिय शिक्षा दिवसमा गरिने कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले सो जानकारी दिएको हो।

पुरस्कार वितरण बुधबार (असोज २ गते) सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँको अडिटोरियम हलमा हुनेछ। मन्त्रालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना, निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना, विद्यालय व्यवस्थापन पदाधिकारी, विद्यालय कर्मचारी र बालविकास शिक्षकमध्येबाट ३५ जना, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीमध्येबाट पाँचजना विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारीमध्येबाट २५ जनालाई पुरस्कृत गर्ने भएको छ।

दिवसको अवसरमा मन्त्रालयले सामाजिक संघसंस्थालाई पनि पुरस्कृत गर्ने भएको छ।

सात ईसीडी शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार

सरकारद्वारा आठ विद्यालय कर्मचारी पुरस्कृत

प्रकाशित: १ असोज २०८१ १२:१६ | Tuesday, September 17, 2024

प्रतिक्रिया

One thought on “शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई पुरस्कृत गर्ने

  1. राम्रो कामकाे शुरुआत भएकाेमा धन्यवाद ।
    20 वर्ष सम्म बालबिकासमा 30 देखि 63 जना सम्म अभिभावक माया पाएर बालबालिका सम्म रमारहेकाे शिक्षक

Leave a Reply to झरीमाया ढुङगाना Cancel reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast