सर्वसाधारणलाई शिक्षाको पहुँचबाट टाढा राख्नु भएन : शेखर कोइराला

हिमाल प्रेस ४ भदौ २०८१ १६:५०
36
SHARES
सर्वसाधारणलाई शिक्षाको पहुँचबाट टाढा राख्नु भएन : शेखर कोइराला शेखर कोइराला । फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताएका छन्।

मंगलबार सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले काठमाडौँको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आ-आफ्नो क्षेत्रबाट स्वास्थ्य सेवा वातावरण सहज बनाउन आग्रह गरे।

‘के मेडिकल शिक्षा हुने खानेले मात्रै पढ्ने हो?‚’ उनले प्रश्न गरे। नेता कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा भएको बताए। सरकारी अस्पतालहरूमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएकोमा कोइरालाले चिन्ता व्यक्त गरे।

‘आइओम (टिचिङ), वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन। अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु‚’ उनले भने।

नेता कोइरालाले स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने बताए।

प्रकाशित: ४ भदौ २०८१ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =