जसपा नेपालले अभियानमा सहभागी नेताका लागि बनायो कार्यादेश

हिमाल प्रेस ३ भदौ २०८१ ९:०५
42
SHARES
जसपा नेपालले अभियानमा सहभागी नेताका लागि बनायो कार्यादेश

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले यही भदौ ९ गते आधारभूत संगठन निर्माणको चार महिने अभियानमा सहभागी हुने केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरूको कार्यादेश तय गरेको जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।

जसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति/समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेद लगायतका विषयहरूको उजागर गर्ने काम समेत अभियन्ताले गर्नेछन्।

त्यस्तै, केन्द्रीय अभियन्ताले कोशी प्रदेशको नाम खारेजी र ऐतिहासिक पहिचानको आधारमा नामांकन गर्नका लागि दबाब सिर्जना गर्न, समुदायमा जागरण ल्याउने र पार्टी विभाजनबारे भण्डाफोर गर्नुपर्ने भनि निर्देशन गरिएको छ।

पार्टीका चार सय १५ जना केन्द्रीय अभियन्तालाई पार्टीको आदर्शहरू संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य–समाजवादी लोकतन्त्रको अवधारणा बारे र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोण प्रष्ट्याउने गरी केन्द्रीय नेताहरूलाई अभियानमा खटाइने भएको छ।

जसपा केन्द्रीय सदस्य बस्नेतले चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनि निर्धारण गरिएको बताए।

जसपा नेपालको साउन २७–३० मा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरूलाई अभियन्ताको रूपमा चार महिना पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको थियो।

प्रकाशित: ३ भदौ २०८१ ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =