पूर्वका यी भूभागमा भारी वर्षा जारी

हिमाल प्रेस २२ साउन २०८१ ६:५४
10
SHARES
पूर्वका यी भूभागमा भारी वर्षा जारी

काठमाडौँ- मनसुन सक्रिय भएसँगै मोरङ र सप्तरीमा भारी वर्षा भएको छ। त्यसो त अहिले देशैभर वर्षा भइरहेको छ।

मोरङको हरैँचामा पछिल्लो ६ घन्टामा १०६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सप्तरीको रुपनी बजारमा १६८.८ मिलिमिटर पानी परेको छ। सिन्धपाल्चोकको बाहुनेपाटी केन्द्रमा ८०।६ मिलिमिटर वर्षात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुनसरीको धरान बजारमा ८७, मोरङको केराबारीमा ७९.२, सिन्धुपाल्चोकको ढुंगेमा ७३.४ मिलिमिटर पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ रहेको महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

प्रकाशित: २२ साउन २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =