काठमाडौँ- किताब जात्रा २०८१ को छैंटौं संस्करण आजबाट सुरु भएको छ। दुई दिनसम्म चल्ने महोेत्सवको उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन्।
आर्मी अफिर्सस क्लव सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे छलफल हुने आयोजकले जनाएको छ।
महोत्सवको पहिलो दिन दीपक सापकोटाको सहजकर्तामा लेखकहरु अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग सिर्जनामा ‘सामाजिक चेतनाः हिजो र आज’ को छलफल हुँदैछ।
त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको सकजकर्तामा दिपेन्द्र गौचन, प्रदिप भट्टराई र क्रृचा शर्मासँग ‘सिनेमा मन्थनः नेपाली सिनेमाको सपना’ शिर्षकमा छलफल हुने आयोजकले जनाएको छ।
कवि विप्लप प्रतिकको साथमा कविता साँझको पनि आयोजना हुँदैछ। त्यस्तै ओपन माइक सेसन अन्तर्गत महोत्सवमा सहभागीहरुले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन्।
महोत्सवको दोस्रो तथा अन्तिम दिन ‘स्टाटिङ अप विथ स्टार्ट अप्स्’ शिर्षकको प्यानल डिस्कसन हुनेछ। त्यस्तै, नेपाली साहित्यमा समिक्षकको उपस्थिति, मुलधारबाट सधैं उपेक्षामा कला, हाँस्य विधाः शक्ति र चुनौती, संञ्चारका सारथीलगायतका बिषयमा छलफल हुनेछ।
दर्जन बढी किताबका स्टलसँगै कलाका अन्य स्टलहरुले महोत्सवलाई आकर्षक बनाएको छ।