सबै स्थानीय तहमा सुविधायुक्त अस्पताल बनाउन खतिवडाको माग

हिमाल प्रेस ११ भदौ २०८१ १४:०५ | Tuesday, August 27, 2024
सबै स्थानीय तहमा सुविधायुक्त अस्पताल बनाउन खतिवडाको माग रामहरि खतिवडा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सबै स्थानीय तहमा उपकरणसहितका अस्पताल बनाउनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले स्थानीय तहका अस्पतालको भौतिक प्रगति नहुँदा आशा मरेर गएको बताएका हुन्।

‘१५ मंसिर २०७७ मा ६५७ अस्पताल शिल्यान्यास भएको थियो। आज धेरै अस्पताल बनेका छैनन्। शिल्यान्यास भएका ठाउँमा मूर्ति स्थापना भएका छैनन्। बनेका ठाउँमा भवन बनेका छन्, उपकरण छैनन्,’ उनले भने, ‘दक्ष जनशक्ति छैन। ‘दुर्गम ठाउँबाट बिरामी ल्याउनु पर्‍यो भने हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने अवस्था छ। ७५३ वटै अस्पतालमा उपकरणसहित उपचारको व्यवस्था होस्।’

प्रकाशित: ११ भदौ २०८१ १४:०५ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast