पर्यटनकाे विकासका लागि निजी क्षेत्रकाे भूमिका महत्त्वपूर्ण छ : मन्त्री पाण्डे

हिमाल प्रेस १६ साउन २०८१ १२:५९
10
SHARES
पर्यटनकाे विकासका लागि निजी क्षेत्रकाे भूमिका महत्त्वपूर्ण छ : मन्त्री पाण्डे मन्त्री बद्रीप्रसाद पाण्डे।

काठमाडौँ-  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रकाे विकासका लागि सरकारी प्रयासले मात्रै विराट प्रगति गर्न नसक्ने बताएका छन्।

बुधबार नेपाल पर्यटन बाेर्डद्वारा आयाेजित स्वागत कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई स्व-स्फुर्त रूपमा आउनसमेत आग्रह गरे ।

उनले भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेकाे बताए। उनले एक अर्काका कमजोरी, आग्रह पूर्वाग्रह नगरी पर्यटनकाे विकासका लागि अघि बढ्न कर्मचारीलाई निर्देशन दिए।

परिणाममुखी काम गरेर पर्यटनकाे क्षेत्रमा चलायमान र गतिशील बनाउन आग्रह गरे। उनले पर्यटनका क्षेत्रमा नीतिगत,कानुनी,पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएकाे हाे त्यसकाे पहिचान गरेर अघि बढ्नु पर्नेमा जाेड दिए।

नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेकाे बताउँदै के कति कारणले चल्न सकेकाे छैन भन्दै प्रश्न गरे। उनले बहुभाषिक,बहुसांस्कृति र भाैगाेलिक दृष्टिकोणमा विविधता भएकाले नेपालकाे अलग्गै पहिचान रहेकाे बताए। उनले नेपालमा आउने पर्यटकले विविध क्षेत्रकाे अध्ययन,अवलोकन गर्नका लागि आउने गरेकाे दाबी गरे।

उनले मुलुकको प्रकृति र संस्कृतिलाई समेत पर्यटनकै क्षेत्रबाट मात्रै चिनाउन सकिने बताए।

प्रकाशित: १६ साउन २०८१ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =