फिल्म ‘घरज्वाइँ’ गण्डकीमा चल्न नदिने तमु धिं नेपालको चेतावनी

हिमाल प्रेस १४ साउन २०८१ १९:४०
60
SHARES
फिल्म ‘घरज्वाइँ’ गण्डकीमा चल्न नदिने तमु धिं नेपालको चेतावनी

काठमाडौँ-  गुरुङ संस्था तमु धिं नेपालले ‘घरज्वाइँ’ सिनेमामा प्रयोग गरिएको रोधिं/रोदि शब्द संशोधन नगरेसम्म गण्डकी प्रदेशका सम्पूर्ण हल बन्द गर्न भन्दै हलहरूलाई पत्र काटेको छ। पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै संस्थाका अध्यक्ष हुमबहादुर गुरुङले आइतबार गण्डकी प्रदेशका हलहरूलाई सो पत्र काटेका हुन्।

सो पत्रमा उनले आफूले पटकपटक ‘घरज्वाइँ’ सिनेमाका निर्मातालाई फोन तथा प्रेस विज्ञप्तिमार्फत सम्झाएकोमा सम्बोधन नगरेकाले सिनेमा हल बन्द गराउने निर्णयमा पुगेको सो पत्रमा उल्लेख छ। यस्तै पत्रमा चलचित्र जाँचपास समितिलाई समेत आफूहरूले पत्राचार गरेको तर सोमाथि न्यायिक निर्णय नगरेको सो पत्रमा भनिएको छ।

पत्रमा तमु धिं नेपालले ‘रोधि/रोदि शब्द संशोधन गरी मगर समुदायकै भुगोलको शब्द राख्नुपर्ने माग गरेको छ। तमु धिंले आफूले पठाएको पत्रमा ‘घरज्वाइँ’ सिनेमामा राखिएको रोधिं दृश्य गुरुङ समुदायको रोधिं/रोदि विधि र विधानको विपरीत भएको ठहर गरेको छ।

संस्थाले आफ्नो पत्रलाई बेवास्ता गरिए सोबाट उत्पन्न हुने परिस्थितिले पुर्‍याउने क्षतिको जिम्मेवार आफूहरू नहुने चेतावनी समेत दिएको छ।

प्रकाशित: १४ साउन २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =