कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

हिमाल प्रेस २८ असार २०८३ १७:५२ | Sunday, July 12, 2026
12
SHARES
कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रतिष्ठानको कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन ६ वटा उपसमितिका संयोजक चयन गरेको छ।

प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौं बैठकले प्रमुखको प्रस्तावअनुसार विभिन्न उपसमितिका संयोजकको जिम्मेवारी तोकेको हो।

बैठकले अपांगता संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिको संयोजकमा डा.डी.बी. सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सीताराम काफ्लेलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ।

प्रतिष्ठानले यी उपसमितिमार्फत नीति अनुसन्धान, समन्वय, संवाद, प्रशिक्षण तथा विभिन्न क्षेत्रसँग सम्बन्धित अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २८ असार २०८३ १७:५२ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast