काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो। केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
यस्तै दलको अधिवेशनको तयारीबारे छलफल हुने उनले बताए।
प्रकाशित: ९ साउन २०८१ ९:२६
प्रतिक्रिया