बाढी पसेपछि राजधानीकै स्कुलमा पठनपाठन बन्द

हिमाल प्रेस ८ साउन २०८१ १२:०७
2.1k
SHARES
बाढी पसेपछि राजधानीकै स्कुलमा पठनपाठन बन्द

काठमाडौँ– काठमाडौँको बाफलस्थित ज्ञानोदय माविमा बाढी पसेपछि मंगलबार पठनपाठन बन्द गरिएको छ। सोमबार राति परेको अविरल वर्षाका कारण मनमती खोलामा आएको बाढी विद्यालय परिसरमा पसेको विद्यालयका शिक्षक प्रकाश काफ्लेले जानकारी दिए।

बाढीसँगै हिलो, लेदो पसेको कारण तल्लो तलका १७ वटा कोठा पूर्ण रूपमा डुबाएको छ। उनका अनुसार ती कोठामा कक्षा सञ्चालन हुन नसकपछि पठनपाठन बन्द गरिएको हो।

विद्यार्थी संख्याका आधारमा ज्ञानोदय काठमाडौँ महानगरपालिकाको सबैभन्दा ठूलो विद्यालय हो। विद्यार्थीको अत्यधिक चाप रहे पनि भौतिक पूर्वाधार बन्न नसक्दा विद्यालयले अनेकौँ समस्या भोग्दै आएको प्रधानाध्यापक विष्णु घिमिरेले बताइन्।

उनले भनिन्, ‘मनमतीमा आएको बाढीले बर्सेनि दुःख दिँदै आएको छ। बाढी रोक्नका लागि बलियो पूर्वाधार बनाउन विद्यालयसँग बजेट पनि छैन।’ खोलामा तटबन्ध निर्माण र विद्यालयमा थप भवन निर्माणका लागि तीनै तहका सरकारसँग अनुनय गरिए पनि समस्या समाधान हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ।

प्रकाशित: ८ साउन २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + thirteen =