हामीले अनुसन्धान गरिरहेको व्यक्तिले बालकोटमा गीत गाएपछि झस्कियौँ : रवि लामिछाने

हिमाल प्रेस ६ साउन २०८१ १५:४३
110
SHARES
हामीले अनुसन्धान गरिरहेको व्यक्तिले बालकोटमा गीत गाएपछि झस्कियौँ : रवि लामिछाने रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू सरकारमा हुँदा अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गित गाइरहेको टिप्पणी गरेका छन्।

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले बालमन्दिरको जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहँदा बालकोटमा गित गाइरहेको थाहा पाएपछि आफूहरू झस्किएको बताएका हुन्। उनको यो भनाइ उद्योगी तथा कांग्रेस सांसद विनोद चौधरीप्रति लक्षित छ। बालकोट अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास हो।

उनले यही कारणले पनि आफ्नो दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सुनाए। उनले प्रधानमन्त्रीले देश अस्थिरताको भूमरीमा फसेको भन्दै बोलेको अभिव्यक्ति दिएकोप्रति उनले प्रश्न उठाए। उनले ३० वर्षभन्दा धेरै सत्ता वरपर रहेकाले देश बिग्रियो भनेको भन्दै उनले भने,’हामी त  दुई पटक गरेर पाँच महिना सरकारमा छौँ। तपाईँहरू ३४ वर्ष हाराहारी हुनुहुन्छ। यो पाँच महिनाको जिम्मा हामीलाई दिएर बाँकी समयको जिम्मा लिने हिम्मत छ?’

प्रकाशित: ६ साउन २०८१ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =