विश्वासको मतको निर्णय लिन देउवाले बोलाए संसदीय दलको बैठक

हिमाल प्रेस ५ साउन २०८१ ९:४६
22
SHARES
विश्वासको मतको निर्णय लिन देउवाले बोलाए संसदीय दलको बैठक सभापति शेरबहादुर देउवा ।

काठमाडौँ- सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन्।

बैठक भोलि मध्याह्न १२ बजे संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

प्रकाशित: ५ साउन २०८१ ९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =