एसियाका ५० उत्कृष्ट बारमध्ये त्रिपुरेश्वरको बार्क ३९ औँ स्थानमा

हिमाल प्रेस २ साउन २०८१ ११:२०
70
SHARES
एसियाका ५० उत्कृष्ट बारमध्ये त्रिपुरेश्वरको बार्क ३९ औँ स्थानमा

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरमा सञ्चालनमा रहेको बार्क (ककटेल बार) एसियाका बारको उत्कृष्ट सूचीमा छनोटमा परेको छ। हङकङमा मंगलबार आयोजित समारोहमा बार्क उत्कृष्ट ३९ औँ बार घोषित भएको सीएनएन ट्राभल्सले जनाएको छ। उत्कृष्ट सूचीमा एसियाका विभिन्न देशका ५० वटा बार छन्।

पेय पदार्थको गुणस्तर, सेवाको गुणस्तर र अन्य मापदण्डका आधारमा बारहरूको मूल्यांकन गरिएको थियो।  सन् २०२१ देखि ब्लुबर्ड मलमा सञ्चालित बार्कका संस्थापक आदर्श ताम्राकार र अभिषेक तुलाधर हुन्।

बार्क एसियाकाका दुई दक्षिण एसियाली बारमध्ये एक बनेको छ। बैंगलोरमा रहेको जेडएलबी ४० औँ स्थानमा परेको अर्को दक्षिण एसियाली बार हो। शीर्ष स्थानमा भने हङकङको बार लियोन रहेको छ। त्यसपछि दक्षिण कोरियाको सियोलमा सञ्चालित जेस्ट र सिंगापुरको जिगर एन्ड पोनी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। बेलायतको विलियम रिडले बारको सूची बर्सेनि सार्वजनिक गर्दै आएको छ। विलियम रिड खाद्या र पेय क्षेत्रमा काम गर्ने संस्था हो।

प्रकाशित: २ साउन २०८१ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =