मंसिर ७ मा सर्‍यो ‘तेल भिसा’

हिमाल प्रेस ३१ असार २०८१ ११:१३
18
SHARES
मंसिर ७ मा सर्‍यो ‘तेल भिसा’

काठमाडौँ- फिल्म ‘तेल भिसा’को नयाँ मिति सार्वजनिक गरिएको छ। यसअघि भदौ २८ मा प्रदर्शन गर्ने भनिएको फिल्म सरेर आगामी मंसिर ७ मा पुगेकाे छ। निर्माण टिमले फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै मंसिर ७ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ। युवा र बृद्ध अवस्थामा। पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित केही विदेशी कलाकारलाई देख्न सकिन्छ।

शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्मको अमेरिकामा पहिलो चरणको छायांकन सकिएको छ भने दोस्रो चरणको छायांकन चितवनमा सुरु गर्ने तयारीमा छन्।

निर्देशक घिमिरेकै लेखन रहेको फिल्ममा डायस्पोरामा विदेश जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिलाई प्रस्तुत गरिएको छ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानी गरेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन छ।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता ऋचा घिमिरे हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =