गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक

हिमाल प्रेस २६ असार २०८१ ७:१२
6
SHARES
गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक

काठमाडौँ- गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। गम्भीर सन् २००७ मा टी-२० र २०११ मा भारतले एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले गम्भीरलाई नियुक्त गरिएको मंगलबार जानकारी दिएका छन्। गम्भीर टेस्ट, एक दिवसीय र टी-२० तीनवटै ढाँचाका प्रशिक्षक नियुक्त भएका हुन्।

यसअघि राहुल द्रविड भारतीय टोलीलाई प्रशिक्षण दिँदै आएका थिए। उनको प्रशिक्षणमा भारतले हालै आइसिसी टी-२० विश्वकपको उपाधि जितेको थियो। गम्भीरको कार्यकाल साढे ३ वर्षको हुने छ।

प्रकाशित: २६ असार २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =