अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरियो

हिमाल प्रेस २१ असार २०८१ १८:०८
54
SHARES
अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरियो अशोक राई

काठमाडौँ- अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भई अशोक राईको नेतृत्वमा रहेको जसपाले आज शुक्रबारकै दिनदेखि लागू हुने गरी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो। राई नेतृत्वको जसपामा सात सांसद छन्।

यसअघि नेकपा एमाले पनि सरकारबाट बाहिरिसकेको छ। नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ गठबन्धन बनेको छ। उक्त गठबन्धनलाई साथ दिने राई नेतृत्वको जसपाले यसअघि नै बताइसकेको थियो। त्यसो त उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि कांग्रेस-एमालेको गठबन्धनलाई सहयोग गर्ने बताइसकेको छ।

राई नेतृत्वको जसपाबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले पनि राजीनामा पत्र बुझाइसकेका छन्।

प्रकाशित: २१ असार २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =