रोल्पा जिप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो

हिमाल प्रेस १८ असार २०८१ ८:३२
18
SHARES
रोल्पा जिप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो

लुम्बिनी- रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सातै जनाको परिचय खुलेको छ। घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जिप मंगलबार बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको मृत्यु गएको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाका अनुसार ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती र उहाँका १८ महिनाकी छोरी रहेकी छन्। त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि मृत्यू भएको डिएसपि लामाले बताए।

दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ। घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ। सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

गुडिरहेको समयमा जिपमाथि पहिरो खसेको थियो। गाडी स्टार्ट भइरहेकै अवस्थामा चालकले ओर्लिएर गाडीमा ओट राख्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०८१ ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =