एसीसी टी–२० फाइनल : जितका लागि श्रीलंकासामु १६६ रनको लक्ष्य

हिमाल प्रेस १३ साउन २०८१ १६:५९ | Sunday, July 28, 2024
एसीसी टी–२० फाइनल : जितका लागि श्रीलंकासामु १६६ रनको लक्ष्य

काठमाडौँ- एसीसी महिला टी–२० क्रिकेटको फाइनल खेलमा भारतले श्रीलंकासामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकाको दाम्बुलामा जारी फाइनल खेलमा भारतले याे लक्ष्य प्रस्तुत गरेको हो।

टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो।

भारतका लागि स्मृति मन्दानाले सर्वाधिक ६० रन बनाइन्। ४७ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन्।

एसिया कपको अन्य खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेकी सेफाली वर्मा १६ रन बनाएर आउट भइन्।

सेफाली र उमा छेत्री आउट भएपछि मन्दानाले हरमनप्रित कौर र जेमिमाह रोड्रीगुएससँग गरेको साझेदारीले भारत बलियो योगफल तयार गर्न सफल भयो।

जेमिमाहले १६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन बनाउँदा रिचा घोषले १४ बलमा ३० रन जोडिन्। रिचाले ४ चौका र १ छक्का प्रहार गरिन्।

श्रीलंकाका लागि कविसा दिलहारीले २ तथा उदेशिका प्रबोधानी, सचिनी निसान्साला र चामरी अट्टापट्टुले १–१ विकेट लिइन्।
भारत र श्रीलंका समूह चरणको सबै खेल जितेर फाइनमा पुगेको हो।

 

प्रकाशित: १३ साउन २०८१ १६:५९ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast