लालपुर्जा बनाउँदा घूस खाने नापी सर्वेक्षकलाई ९ महिना कैद

हिमाल प्रेस १३ असार २०८१ १६:४२
16
SHARES
लालपुर्जा बनाउँदा घूस खाने नापी सर्वेक्षकलाई ९ महिना कैद

काठमाडौँ- जग्गाधनी प्रमाणपुर्जा बनाएबापत सेवाग्राहीसँग घूस लिएका नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवलाई नौ महिना कैद सजाय हुने भएको छ।

विशेष अदालतले उनलाई कैदसहित १ लाख ५० हजार जरिवानासमेत हुने फैसला सुनाएको हो। सेवाग्राहीबाट दुई लाख ५० हजार घूस रकम लिन प्रयोग गरेका विचौलिया विनोद अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार जग्गाधनी पुर्जा बनाएबापत १ लाख रुपैंया लिने नायब सुब्बा प्रदीप पौडेललाई ६ महिना कैद र १ लाख जरिवाना हुने आदेश भएको छ। लेखापढी व्यवसायीहरू आशिषराज बस्नेत र दिनेश बन्जारालाई ३ महिना कैद र ५० हजार जरिवाना हुने फैसला भएको प्रवक्ता कार्कीले बताए।

प्रकाशित: १३ असार २०८१ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =