एसीसी महिला एसिया कप : नेपाली टोलीको घोषणा

हिमाल प्रेस १२ असार २०८१ २१:२६ | Wednesday, June 26, 2024
एसीसी महिला एसिया कप : नेपाली टोलीको घोषणा

काठमाडौँ- एसीसी महिला एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुने एसिया कपका लागि टोली घोषणा गरिएको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको छ। टोलीमा रुबिना क्षेत्री, रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

नेपालले पहिलो खेल जुलाई १९ मा यूएई, २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग खेल्ने क्यानले जनाएको छ।

प्रकाशित: १२ असार २०८१ २१:२६ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast