न्यायाधीश र वकील एउटै ल फर्ममा काम गरेको भनिएपछि स्थगित भयो रविको मुद्दा

हिमाल प्रेस ४ असार २०८१ १२:१८
4
SHARES
न्यायाधीश र वकील एउटै ल फर्ममा काम गरेको भनिएपछि स्थगित भयो रविको मुद्दा

काठमाडौँ- रवि लामिछानेलाई गृहमन्त्रीका हटाउन माग गरिएको रिटको आज पनि सुनुवाइ स्थगित भएको छ।

रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको हो। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेसी तोकिएको थियो।

रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ।

प्रकाशित: ४ असार २०८१ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =