रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या ४५ पुग्यो, युक्रेनी कब्जामा रहेका पाँचको अवस्था अज्ञात

रमेश भारती ३१ जेठ २०८१ १६:५९
278
SHARES
रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या ४५ पुग्यो, युक्रेनी कब्जामा रहेका पाँचको अवस्था अज्ञात

काठमाडौँ- रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या ४५ पुगेको छ। रुस-युक्रेन युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो। पछिल्लोपटक मृत्यु हुनेमा रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाही छन्। पराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने,  ‘गुरुङ र शाहीको यसै साता मृत्यु भएको खबर आएको छ तर उनीहरूको कहिले मृत्यु भएको भन्ने सूचना आएको छैन।’

यी दुईसहित रुसी सेनामा मृत्यु भएका नेपालीको संख्या ४५ पुगेको छ। मन्त्रालयले भने २७ जनाको मात्रै निधन भएको पुष्टि गरेको छ। रुस सरकारका तर्फबाट थप १८ जनाको मृत्यु भएको विवरण प्राप्त नभएको कन्सुलर विभागका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए। उनका अनुसार १८ जनाको परिवारले मन्त्रालयलाई रुसी सेनामा भर्ती भएका आफन्तको निधन भएको जानकारी गराएका छन्। उनीहरूले आफ्नो संस्कारअनुसार काजकिरिया गरिसकेर क्षतिपूर्ति माग गर्दै निवेदन दिएको जानकारी ओझाले दिए। निधन भएका २७ जनाका परिवारले पनि क्षतिपूर्ति पाउनुपर्ने दबाब दिइरहेका छन्।

मृत्यु भएका ४० जनाको नाम र ठेगाना खुलेको छ भने पाँचजनाको नाम खुले पनि ठेगाना खुलेको छैन।

रुसी सेनामा कति संख्यामा नेपाली भर्ती भएका छन् भन्ने यकिन तथ्यांक छैन। नेपाल सरकारले रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था, घाइतेको अवस्था, मृत्यु हुने संख्या र रुसी सेनामा रहेका नेपालीको विवरण मागे पनि रुसी विदेश मन्त्रालयले जवाफ दिएको छैन।

सरकारले विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती भई युद्धका क्रममा घाइते भएका, मृत्यु भएका र रुसी सेनामा कार्यरत नेपालीको विवरण मागिरहेको पराष्ट्र प्रवक्ता राईले जानकारी दिए। उनले रुसमा घाइते भएका, मृत्यु भएका र त्यहाँ कार्यरत नेपालीलाई क्षतिपूर्ति दिने विषयमा रुसको सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए। ‘पछिल्लो समयमा नेपाली युवा रुसी सेना भर्ती भएका छैनन्। रुसी सेनामा भर्ती भएका, घाइते भएका र मृत्यु भएका नेपाली स्वदेश फर्काउन छलफल भइरहेको छ। यस विषयमा रुसी पक्ष सकारात्मक छ’, प्रवक्ता राईले भने।

पाँच नेपालीको अवस्था अज्ञात

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अज्ञात छ। युक्रेनी सेनाको कब्जामा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने छन्।

उनीहरूको अवस्था अज्ञात रहेको र युक्रेनको सम्बन्धित पक्षसँग विवरण मागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले जानकारी दिए। कन्सुरल विभागमा अनुसार रुसी सेनामा भर्ती भएका तीन हजारभन्दा बढी परिवारले खोजीका लागि  निवेदन दिएका छन्।

रुसी सेनामा मृत्यु हुने नेपाली

राजकुमार रोका – दोलखा

शुक्रबहादुर तामाङ – काठमाडौँ

भरतबहादुर शाह – दोलखा

देवन राई –  कास्की

प्रितम कार्की – स्याङ्जा

गंगाराज मोक्तान – इलाम

रुपक कार्की – कपिलवस्तु

सन्दीप थापलिया – गोरखा

कुन्दनसिंह नागल – दार्चुला

हरिप्रसाद अर्याल – स्याङ्जा

राजकुमार गिरी – धादिङ

धनसिंह पुन – रोल्पा

 पूर्णबहादुर गुरुङ – धादिङ

सुन्दर मोक्तान – रसुवा

 गंगाराम अधिकारी – झापा

पदमबहादुर घिमिरे – उदयपुर

सञ्जय केसी – बाँके

 नवीन शाही – जाजरकोट

 जितबहादुर विक – बागलुङ

अनितकुमार शाह – महोत्तरी

 खगेन्द्र राई – धनकुटा

सोमेश सुनार – प्युठान

 रामकुमार प्रधान – मकवानपुर

ओमबहादुर मगर – उदयपुर

भुवन पुन मगर – म्याग्दी

 विराजन विष्ट – कञ्चनपुर

लालबहादुर घर्ती मगर – प्युठान

सन्तोष विष्ट – सल्यान

साजन गुरुङ – लमजुङ

सन्तोष गुरुङ – लमजुङ

जितबहादुर पुन – दाङका

लालबहादुर बुढा – रूपन्देही

नेत्रबहादुर घर्ती – रूपन्देही

घनश्याम पुन – रोल्पा

तेजबहादुर शाही – दैलेख

वीरबल राई – संखुवासभा

 टीका राना – तेह्रथुम

बमबहादुर आले – तनहुँ

सन्देश थापा – लमजुङ

 बलराम गुरुङ – दैलेख

गणेश श्रेष्ठ – ठेगाना नखुलेको

नवीन शाही – ठेगाना नखुलेको

दीपक राना मगर –  ठेगाना नखुलेको

 फुर्बा शेर्पा – ठेगाना नखुलेको

खोमबहादुर भुजेल –  ठेगाना नखुलेको

प्रकाशित: ३१ जेठ २०८१ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =