च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

हिमाल प्रेस २० जेठ २०८१ ६:५५
28
SHARES
च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

काठमाडौँ- जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २-० को जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले १५ औँ पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा रियललाई जित दिलाउन ड्यानी कार्भाहाल र भिनिसियस जुनियरले गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो। ७४औँ मिनेटमा कार्भाहालको गोलमा रियलले अग्रता बनाएको थियो।

कार्भाहालले गोल गरेको नौ मिनेटपछि जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए।

प्रकाशित: २० जेठ २०८१ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast