 काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर
                             काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडलाई अझै व्यवसायीक र सुन्दर बनाउने हो भने एकजुट हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले यसअघि सडकको पार्किङ हटाउँदा विरोध गर्नेहरूले नै अहिले त्यही ठाउँ खाली गराएर फुटपाथ बनाउँदा विरोध गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले सडक विभागले नै बनाएको मापदण्डसमेत सार्वजनिक गर्दै मापदण्ड पालना गर्नका लागि बनाइएको हो वा होइन भन्ने प्रश्न गरेका छन्।
‘सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ?’, मेयर शाहले प्रश्न गरेका छन्।
साथै, उनले प्रतिशोध नै लिने भए विकास रोक्ने, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्ने र पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ्ग बनाउनेहरूसँग लिन समेत सुझाव गरेका छन्।
मेयर शाहले गत शनिबार सडक विभागप्रति आक्रोश पोख्दै एक ट्रक धुलो सडक विभागको कार्यालय अगाडि लगेर खन्याइदिएका थिए। त्यसपछि, विभागले न्युरोडको सडकको काम कानुनसम्मत नभएको भन्दै सच्याउन मेयर शाहलाई भनेको थियो।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 