नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस
                                            काठमाडौँ– सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ।
सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।
त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षकलाई छात्रवृत्ति तथा नेतृत्व विकासका अवसर प्रदान गरी शिक्षण पेसालाई थप आकर्षण, गुणस्तरीय र मर्यादित बनाउने बताए।
शिक्षकको सरुवा, बढुवा कार्यसम्पादन मूल्याङ्कन, तालिमलगायत विषयमा एकीकृत जानकारी दिने एकीकृत विद्युतीय प्रणाली सञ्चालनमा ल्याइने पनि पौडेलले बताए।
                            प्रकाशित: १ जेठ  २०८१ १६:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

