डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही एक लाख राहत दिइने

हिमाल प्रेस २४ वैशाख २०८१ ८:००
2
SHARE
डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही एक लाख राहत दिइने

काठमाडौँ- बागमती प्रदेश सरकारले वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका तीन जनाका परिवारलाई जनही एक लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत एक लाख रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

केही दिनअघि ललितपुर र रामेछापको वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा जलेर तीन जनाको मृत्यु भएको थियो।

यस्तै, प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

 

प्रकाशित: २४ वैशाख २०८१ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast