सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू)

दिपेश श्रेष्ठ ४ वैशाख २०८१ १८:४२
24
SHARES
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू)

काठमाडौँ- वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि ३२ फुट अग्लो रथ तयार पारी जात्रा सुरु गरिएको हो।

आज (सोमबार) बाट सुरु भएको आर्यावलोकितेश्वर जनबहा: द्य: (सेतो मछिन्द्रनाथ) को जात्रा पाँच दिनसम्म चल्नेछ। पहिलो दिन मच्छिन्द्र बहालमा रहेको मन्दिरबाट मूर्तिलाई तिनधारा पाठशालासम्म खटयात्रा गराइ रथारोहणपछि रथ तानेर रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ।

रथयात्राको दोस्रो दिन वैशाख ५ गते साँझ असनबाट रथ केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका पुर्‍याइन्छ भने तेस्रो दिन वैशाख ६ गते हनुमानढोकामा रहेको रथलाई चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनटोल पुर्‍याइन्छ।

जात्राको चौथो दिन वैशाख ७ गते लगनटोलमा अवस्थित आमा रुख परिक्रमा गराइन्छ। अन्तिम दिन वैशाख ८ गते साँझ लगनबाट मूर्तिलाई पुन: खटमा राखी ज्याबहाल द्यः, यूतुननि, कोहिटि, भिमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल स्थित मन्दिरमा विराजमान गराए पछिजात्रा सम्पन्न हुन्छ।

 

 

 

प्रकाशित: ४ वैशाख २०८१ १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =