सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु [फोटोफिचर]

दिपेश श्रेष्ठ १५ चैत २०७९ १९:१६
12
SHARES
सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु [फोटोफिचर]

काठमाडौँ– सेतो मच्छिन्द्रनाथ रथयात्रा बुधबार (आज) सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने आर्या अवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हो।

चैत्र शुक्ल अष्टमीको दिन (आज) देखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि ३२ फुट अग्लो रथ तयार पारी यात्रा सुरु गरिएको हो।

रथयात्राको पहिलो दिन रथलाई तीनधारा पाठशालाबाट भोटाहिटी हुँदै असनमा पुर्‍याइन्छ। दोस्रो दिन रथ हनुमानढोका र तेस्रो अर्थात् रथयात्राको अन्तिम दिन हनुमानढोकाबाट रथलाई लगनटोल पुर्‍याएर जात्रा सम्पन्न गरिन्छ।

बुधबार अपराह्न४ बजेबाट मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। यस्तै बुधबार नै ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटीहुँदै असनसम्म रथयात्रा भएको छ।

चैत्र १६ गते ५ बजेदेखि ६:३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनछ भने १७ गते ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ।

यस्तै चैत्र १८ गते साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्य: लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =