प्रशान्त तामाङको लेखन तथा निर्देशनमा ‘सारंग’ बन्ने

हिमाल प्रेस ३० चैत २०८० १४:५९
10
SHARES
प्रशान्त तामाङको लेखन तथा निर्देशनमा ‘सारंग’ बन्ने

काठमाडौँ- कोरियोग्राफर प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बाल मनोबिज्ञानकाे कथामा आधारित फिल्म ‘सारंग’ बन्ने भएको छ। निर्माण टिमले उपत्यकामा कार्यक्रम गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

कार्यक्रममा निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखेको र भोगेको बिषयलाई पर्दामा उतार्न लागेको बताए। उनका अनुसार फिल्ममा बाल मनोबिज्ञान कथा प्रस्तुत गरिनेछ।

फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमू, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागरजंग केसी, बालकलाकार सम्राट थापा र आदित्य कार्कीको पनि अभिनय रहनेछ।

फिल्मको छायांकन नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख दुईबाट सुरु गर्ने निर्माण टिमको तयारी छ। फिल्म दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: ३० चैत २०८० १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =