सहकारी ठगी प्रकरणबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २७ चैत २०८० ६:५१
2
SHARE
सहकारी ठगी प्रकरणबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ।

आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: २७ चैत २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =