जनमत पार्टीका सांसद अब्दुल खान सवार गाडी दुर्घटना

हिमाल प्रेस २६ चैत २०८० १४:४७
24
SHARES
जनमत पार्टीका सांसद अब्दुल खान सवार गाडी दुर्घटना

काठमाडौँ- जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष  तथा सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ। काठमाडौँदेखि बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा दुर्घटना भएको हो।

खानका स्वकीय सचिव अतिहल्लाह मुसलमानका अनुसार सचिवालयका सदस्यहरू पनि घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा ल्याइएको मुसलमानले जानकारी दिए।

प्रकाशित: २६ चैत २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =