हेमजामा आलु महोत्सव, ८१ टन आलु बिक्री गर्ने लक्ष्य

हिमाल प्रेस २५ चैत २०८० २१:०१
16
SHARES
हेमजामा आलु महोत्सव, ८१ टन आलु बिक्री गर्ने लक्ष्य

पोखरा- पोखराको हेमजामा आइतबारदेखि १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं : आलु एक परिकार अनेक’ नाराका साथ सुरु महोत्सव आगामी वैशाख ५ सम्म चल्नेछ।

महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए। उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको बताए।

पोखरा-२५ का वडाध्यक्ष एवं पोखरा महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले आलुले हेमजाको पहिचान दिएको बताए। उनले बहुउद्देश्यीय भवन निर्माणको खुसीयाली साट्दै हेमजाको विकासमा महानगर प्रयासरत रहेको औँल्याए।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले आलु स्वास्थ्यका लागि लाभदायक भएको बताए। हेमजाको आलुलाई सबैले रुचाउने गरेको बताए। आलुका परिकारलाई मूल्य शृङ्खलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने जनाउँदै उनले किसानलाई हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने स्पष्ट पारे।

हेमजामा करिब ५ सय हेक्टर आलु खेती हुँदै आएकोमा करिब १५ करोडको आलु बिक्री वितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाले जनाएको छ।

महोत्सव सुरु हुनु पूर्व स्थानीय माइस्थानबाट बाजागाजा सहित शोभा यात्रा एवम् झाँकी र्‍याली निकालिएकोमा थियो। महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो थुप्रो, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङ्ग्य एवं लाइभ पप कन्सर्ट छन्।

महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलु किन्न पाइन्छ। महोत्सवबाट ८० टन आलु बिक्री वितरण गर्ने आयोजकको लक्ष्य छ।

प्रकाशित: २५ चैत २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =