गण्डकी प्रदेश

सभामुखसहितको समर्थन पेस गरेपछि कांग्रेसले भन्यो : असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस्

हिमाल प्रेस २५ चैत २०८० १२:५५
44
SHARES
सभामुखसहितको समर्थन पेस गरेपछि कांग्रेसले भन्यो : असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस् कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे।

काठमाडौँ- गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्। तर उनले सभामुखको पनि समर्थन लिएर असंवैधानिक तबरले दाबी गरेकोले यसको चौतर्फी आलोचना भइरहेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलको कार्यालयले प्रदेश प्रमुखलाई पत्र लेखेरै असंवैधानिक बाटो नअपनाउन भनेको छ।

कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखको कार्यालयलाई पत्र लेख्दै भनेका छन्, ‘असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस्।’

गण्डकी प्रदेशमा सभामुखलाई समेत गणना गरेर नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र दीपक मनाङे (राजीव गुरुङ)ले खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्।

गण्डकीमा माओवादीले सभामुखलाई पनि आफ्नो सांसदका रूपमा गणना गरेको छ। सभामुखले विश्वासको मत लिने बेलामा बराबर भएको खण्डमा निर्णायक मत दिनेबाहेक सरकार गठनका अन्य गतिविधिमा सामेल हुन मिल्दैन।


प्रकाशित: २५ चैत २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =