बूढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस २३ चैत २०८० १५:१६
10
SHARES
बूढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री गोरखाका स्थानीय पत्रकारसँग शुक्रबार भएको संक्षिप्त छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्ने गरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन्।

जिल्लाका स्थानीय पत्रकारसँग शुक्रबार भएको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलाशययुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीव्र रूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिएका हुन्।

जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने बताए। सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले यसबीचमा सरकारले महत्त्वपूर्ण काम गरेको दाबी गरे।

प्रकाशित: २३ चैत २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =