आज टुंग्याउला कांग्रेसले उम्मेदवार?

हिमाल प्रेस २२ चैत २०८० ६:४९
2
SHARE
आज टुंग्याउला कांग्रेसले उम्मेदवार?

काठमाडौँ- नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुंग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन्।

इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ।

इलाम-२ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन्।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन्। देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।

प्रकाशित: २२ चैत २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =