लुम्बिनीमा विराट चक्र विज्ञान ध्यान [तस्बिरहरू]

विनोद परियार २१ चैत २०८० १०:५५
260
SHARES
लुम्बिनीमा विराट चक्र विज्ञान ध्यान [तस्बिरहरू]

लुम्बिनी– ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्र विज्ञान’ भन्ने मूल नारासहित शनिबारदेखि लुम्बिनीमा चक्र विज्ञान ध्यान शिविर चलिरहेको छ। जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा शिविरमा देशभरका पाँच हजार एक जना सहभागी छन्। राजनीति, विभिन्न पेसाव्यवसायमा संलग्नहरूले ध्यान शिविरमा सहभागिता जनाएका छन्।

व्यक्तिभित्र नैसर्गिक रूपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न ध्यान शिविर केन्द्रीत गरिएको जीवन विज्ञान लुम्बिनी प्रदेश परिषद्का संयोजक केशव खनालले बताए।

यसअघि अस्ट्रेलियामा आयोजना हुँदा १४७१ जना उपस्थित भई तीन दिनसम्म मात्रै आयेजना गरिएको र यो पटक एकै पटक पाँच हजारभन्दा धेरै सहभागी भएकाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेकर्ड गरिने आयोजकले जनाएका छन्। पहिलो दिन मूलाधार चक्र, दोस्रो दिन स्वादिष्ठान चक्र, तेस्रो दिन मणिपुर चक्रको व्याख्यासहित ध्यान शिविरमा बसेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए।

 

प्रकाशित: २१ चैत २०८० १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =