फेरि ‘ज्वाइँ साब’ बन्दै जितु

हिमाल प्रेस २० चैत २०८० ११:३३
18
SHARES
फेरि ‘ज्वाइँ साब’ बन्दै जितु

काठमाडौँ- बसन्त निरौलाले निर्देशन गर्ने फिल्म ‘ज्वाइँ साब’ मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। गत जेठमा निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका थिए।

कमेडी र पारिवारिक कथामा बन्ने फिल्ममा कलाकार छनोट भइरहेको निर्माण टिमले जनाएको छ। सविन अधिकारीको कथा रहेको फिल्म शंकर धितालको पटकथा तथा संवाद रहनेछ। निर्माण टिमले आगामी तिहारमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।
फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी गर्नेछन्।

रेड आई फिल्मस्को प्रस्तुति रहने फिल्म ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा बन्नेछ। फिल्ममा निर्माता राजकुमार पण्डित हुन्। फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । राजकुमार पण्डित निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन्।

प्रकाशित: २० चैत २०८० ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =